
काठमाडौँ, ३ असार । उदयपुरमा वुधबार थप ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
उनीहरु त्रियुगा नगरपालिका ४ वगाहाका ३६, ४६, ४८ वर्षीय पुरुष र २८ वर्षीया महिला रहेका छन् ।
उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।
संक्रमितमध्ये ३८ जना पुरुष र ९ जना महिला रहेका छन् । निको हुनेको संख्या ३३ पुगेको छ । संक्रमित सबै जना भारतबाट घर फर्किएका हुन् ।















प्रतिक्रिया