
काठमाडौं, ३ असार । दार्चुला सीमा क्षेत्रसम्मको निरिक्षणका लागि सशस्त्र प्रहरीका महानिरिक्षक (आईजी) शैलेन्द्र खनाल जाने भएका छन् ।
नेपाली सेनाको हेलिकोप्टरमा आईजी खनाल दार्चुलास्थित सशस्त्र प्रहरीको बोर्ड आउट पोष्ट (बीओपी) निरिक्षणका लागि जान लागेका हुन् ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको नक्शामा पारित भइसकेपछि सीमा सुरक्षाका लागि राखिएको पोष्टमा पुगी सशस्त्र प्रहरीका अधिकारीलाई उनले सुरक्षासम्बन्धी निर्देशन दिनेछन् ।
मौसमको अनुकुलताका हिसाबमा बुधबार खनाल दार्चुला पुग्नेछन् । प्रतिकूल अवस्था रहे समय हेरफेर हुन सक्ने बताइएको छ ।











प्रतिक्रिया