४ कार्तिक २०८३, बुधबार

दाङको घोराहीमा थपिए ५६ कोरोना संक्रमित, ४७ जना एउटै वडाका

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असार । दाङको घोराहीमा मंगलबार थप ५६ जनामा कोनोभाइरस संक्रमण पुष्टि भएको छ ।

जसमा १० जना महिला र एक ३ वर्षीय बालक पनि रहका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा कोभिड पोजेटिभ देखिएको हो ।

उनीहरु ३ देखि ५१ वर्षका रहेका छन् ।

थपिएका संक्रमितमध्ये ४७ जना घोराही उपमहानगरालिका वडा नं. ४ मा मात्रै रहेका छन् । जसमा ३८ पुरुष र ९ जना महिला रहेका छन् ।

उनीहरु सबै जना भारतबाट आए क्वारेन्टिनमा बसेका हुन् । एउटै बसबाट ल्याइएकोले सबैमा संक्रमण फैलिएको आशंका गरिएको छ ।

यससँगै जिल्लामा संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।