३ कार्तिक २०८३, मंगलबार

युवती मिलाइदिने धन्दा चलाएर रातारात मालामाल हुने सपना देख्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sex

काठमाडौँ, २९ फागुन । यौनसम्पर्कका लागि युवती मिलाइदिने धन्दा चलाएर रातारात मालामाल हुने सपना देखेका एक युवक प्रहरीको फन्दामा परेका छन् ।

यौन सम्पर्कका लागि युवती मिलाइदिन्छु भन्दै वेभसाइटमा विज्ञापन गर्ने वाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ घर भइ हाल ललितपुर कुसुन्ती वस्ने २८ बर्षीय सरोज चौधरी प्रहरी फन्दामा परेका हुन् ।

उनले यौनसम्पर्क र यौन आनन्दका लागि बिभिन्न युवतीहरुलाई उपलब्ध गराइदिने भनी आकर्षक फोटो राखेर बिभिन्न सेवाका वेभसाइटमै बिभिन्न दररेटहरु समेत राखेका थिए । यौनसम्पर्कका लागि इमेल ठेगाना र फोन नम्बर समेत राखेर उनले वेभसाइट चलाएको प्रहरीले जनाएको छ ।

चौधरीलाई पक्राउ गरी बिद्युतीय कारोवार ऐन २०६३ बमोजिम आवश्यक अनुसन्धानका लागि बुधबार हिरासतमा लिइएको प्रहरी अपराध अनुसन्धान महाशाखा हनुमानढोकाले जनाएको छ ।