
काठमाडौँ, २ असार । भारतको लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ ।
भारत-चीन सीमामा सोमबार राती भिडन्त हुँदा एक वरिष्ठ अधिकारी र २ सैनिकको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको बीबीसीले जनाएको छ ।
विवाद समाधानका लागि दुवै देशका वरिष्ठ अधिकारीहरु वार्ता बस्दैछन् । भारत र चीनबीच लामो समयदेखि तनाव हुँदै आएको भएपनि सेनाको मृत्यु हुने गरी भएको यो घटना निकै पछि भएको हो ।
भारत चीनबीच पटक पटक वार्ता भए पनि निष्कर्ष निस्किएको छैन ।















प्रतिक्रिया