७ मंसिर २०८३, सोमबार

मोरङमा शिव सेनाले राँके जुलुससहित भन्यो– राजतन्त्र जिन्दावाद !

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिराटनगर, २ असार । शिव सेना नेपालले मोरङमा राँके जुलुस प्रदर्शन गरेको छ । सोमबार साँझ जुलुस निकाल्दै उसले ‘राजतन्त्र जिन्दावाद’को नारा लगाएको थियो ।

मोरङ जिल्ला अध्यक्ष सतिश पोख्रेलको नेतृत्वमा बलिया र उपाध्यक्ष शम्भु श्रेष्ठ नगर अध्यक्ष टेक राज पोखेरेल, नगर सचिव मोहनमहन दाहाल नेतृत्वमा बिराटनगर नर्सिङ चोकमा जुलुस निकालिएको थियो ।

जुलुसमा एमसीसी सम्झौताको विरोध गरिएको थियो । जनताको हितविपरित एमसीसी पास गराउन खोजिएको भन्दै त्यसको पनि विरोध गरेको अध्यक्ष पोख्रेलले बताए ।

नेपाली सीमामा रहेको भूमी एक इन्च पनि छाड्न नमिल्ने भन्दै शिव सैनिकहरू जुलुसमा सहभागी भएको केन्द्रीय अध्यक्ष अनिल बस्नेतले बताए ।

जुलुसमा ‘एमसीसी मुर्दावाद, राजसंस्था ल्याऔं, देश बचाऔं’लगायतका नारा लगाइएको थियो । शिव सेनाले विभिन्न जिल्लामा यस्ता जुलुस निकालिरहेको छ ।