
काठमाडौँ, १ असार । चौरजहारी हत्याकाण्डमा मुछिएका २ जना नाबालकलाई जिल्ला अदालत रुकुम पश्चिमले बाल सुधर गृहमा पठाउने आदेश दिएको छ ।
जेठ १० गते चौरजहारीमा प्रेमिका लिन पुगेका जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरेको भन्दै आइतबार ३४ जना विरूद्ध मुद्दा दायर भएको थियो ।
अदालतले नवराजकी प्रेमिका र अर्का नाबालकलाई नेपालगञ्ज बाल सुधार गृहमा पठाउने आदेश जारी गरेको छ ।
दुवैको थुनछेक बयान र बहस आज भएको थियो ।
मंगलबारदेखि अरु आरोपितको बयान बयान हुनेछ । आइतबार नवराजकी प्रेमिकाका बावु, दाजु र वडाअध्यक्षलगायत ४२ जनालाई सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।
उनीहरुमाथि क्रुरतापूर्वक ६ जनाको हत्या गरेको, १२ जनालाई घाइते बनाएको र जातीय विभेद गरेको आरोप लागेको छ ।
३४ जना अभियुक्तमध्ये २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने ५ जना फरार रहेका छन् ।















प्रतिक्रिया