
काठमाडौँ, १ असार । काठमाडौँ उपत्यकामा सोमबार थप ५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु काठमाडौँका २ महिलासहित ४ जना र ललितपुरकी एक महिला रहेकी छन् ।
सोमबार नेपालमा थप ४ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै संक्रमितको संख्या ६ हजार २ सय ११ जना पुगेको छ । त्यस्तै थप ५७ जना डिस्चार्ज भइ निको हुनेको संख्या १ हजार ४१ जना पुगेको छ ।















प्रतिक्रिया