
काठमाडौँ, १ असार । सोमबार थप ६७ जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा ७ महिलासहित ६७ जना पुरुष निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
उनीहरुसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ हजार ४१ पुगेको छ । मन्त्रालयका अनुसार सोमबार मात्रै ४५१ जना संक्रमित थपिएका छन् ।
कुल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । त्यस्तै १९ जनाले कोरोनका कारण ज्यान गुमाएका छन् ।















प्रतिक्रिया