
काठमाडौँ, १ असार । कर्णाली प्रदेशमा थप १ सय १० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
दैलेख र सुर्खेतमा गरी थप ११० जनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
दैलेखका ९१ जनामा संक्रमण पुष्टि भएको छ भने सुर्खेतका १९ जनामा कोरोना देखिएको छ । उनीहरुको सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हजार ७७ जना पुगेको छ भने कोरोना जित्नेको संख्या १ सय ५१ जना पुगेको छ ।
सोमाबार थप ५७ जना संक्रमित निको भएका हुन् । जसमा कालिकोट अस्पतालबाट २५ जना, प्रदेश अस्पतालबाट २३ जना र लेकबेसी आइसोलेसनबाट ९ जना डिस्चार्ज भएका हुन् ।















प्रतिक्रिया