
काठमाडौँ, १ असार । दाङमा पीसीआर परीक्षणको रिपोर्ट नआउँदै घर पठाइएका १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
घोराही उपमहानगरपालिका १७ का १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । चौघेरा क्वारेन्टिमा बसेका ३५ जनामध्ये १६ जनालाई रिपोर्ट नआउँदै घर पठाइएको थियो । उनीहरुमा कोरोना देखिएपछि स्थानीयमा त्रास फैलिएको छ ।
घर पठाइएका १६ जनामध्ये १३ जनाको रिपार्ट पोजेटिभ आएको हो । त्यस्तै, अर्काे क्वारेन्टाइनबाट घर पठाइएका थप ४ जनामा पनि कोरोना पुष्टि भएको छ । उनीहरु भारतबाट आएका थिए ।
उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।















प्रतिक्रिया