३० आश्विन २०८३, शुक्रबार

गुल्मी महोत्सवमा हेलिकप्टरको जादु, १० लाख भन्दा बढीको कारोबार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

helicopter

– अनिल खत्री
गुल्मी २९ फागुन । महोत्सवमा पहिलोपटक आकर्षणका रुपमा राखिएको हेलिकप्टर प्रदर्शनीबाट अनअपेक्षीत व्यापार गरेको छ ।

गुल्मीको तम्घासमा जारी दोस्रो गुल्मी महोत्सवमा आकर्षणका रुपमा राखिएको हेलिकप्टरले तीन दिनमा १० भन्दा बढीको कारोवार गरेको हो ।

तीन दिनका लागि आकर्षणका रुपमा राखिएको हेलिकप्टरले ८१ वटा उडान गरेको हेलिकप्टर व्यवस्थापन समितिका संयोजक राजेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो-‘पहिलो दिन २६ उडान भएका थिए । दोस्रो दिन ३७ उडान भए । तेस्रो दिन १८ उडान भएका छन् । हामीले यत्ती धेरै उडानको कल्पना गरेका थिएनौं ।’

आयोजकले हेलिकप्टरबाट अवलोकनका लागि ५ मिनेटको लागि ४ हजार रुपैंया र १० मिनेटका लागि ७ हजार ५ सय रुपैंया शुल्क राखेको थियो ।

हेलिकप्टर उडानमा ५ मिनेट यात्रामा ७६ जना र १० मिनेट यात्रामा ५ जनाले यात्रा गरेका थिए । हेलिकप्टरबाट कुल १० लाख २४ हजार ५ सयको कारोबार भएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार हेलिकप्टरबाट दर्शकले पर्यटकीय स्थलको अवलोकन गरेका थिए । हेलिकप्टरको कुल कारोबार मध्ये १ लाख ९५ हजार रुपैयाँ आम्दानी भएको छ । एक पटकमा ३ जनाले उडान गर्न मिल्ने हेलिकप्टरबाट ४ मिनेटको र १० मिनेटको प्याकेजको व्यवस्था मिलाइएको थियो ।

तिन दिन सम्म हेलिकप्टर सञ्चालन गरेका पाइलटलाई महोत्सव मुल आयोजक समितिले एक कार्यक्रमका बीच बिदाई तथा प्रशंसापत्र दिएर सम्मान गरेको छ ।

मुक्तिनाथ एयरलाईन्सका क्याप्टेन रानेश डंगोल र फाईट एयरका पाईलटलाई बिदाई गरिएको हो ।

बिदाई कार्यक्रममा हेलिकप्टर ब्यबस्थापन समितिका संयोजक श्रेष्ठले गुल्मी जिल्लाको दोस्रो गुल्मी महोत्सवमा थप आकर्षणसंगै सफलता पुर्वक उडान सम्पन्न गरेको भन्दै पाइलटलाई उद्योग वाणिज्य संघ गुल्मीले समेत मायाको चिनो तथा प्रशंसापत्रद्धारा सम्मान गरेको थियो ।

बिदाई कार्यक्रममा हेलिकप्टर व्यवस्थापन समितिका संयोजक राजेन्द्र प्रसाद श्रेष्ठ, दोस्रो गुल्मी महोत्सव मुल आयोजक समितिका संयोजक एबं उद्योग वाणीज्य संघ गुल्मीका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेय, समितिका सदस्य प्रितम काउछा, ईश्वरी पौडेल, चेतनारायण पाण्डेय, जंगबहादुर कुँवर, रामु सुनार, ईश्वरी बेलवासे, उदय थापा, साईन रेसुङ्गा बिकास बैकका क्षेत्रीय प्रबन्धक लामणी पन्थी लगायतको सहभागिता थियो ।

कृषि, पर्यटन र उद्योग व्यापारको प्रवर्धन गर्ने उद्देश्यका साथ तम्घासमा चलिरहेको दोस्रो गुल्मी महोत्सवमा सबै भन्दाबढी हेलिकप्टरबाट जिल्ला अबलोकन आर्कषण बनेको थियो ।

उद्योग वाणिज्य संघले ‘गुल्मी जिल्लाको समग्र विकासको आधार : कृषि, पर्यटन, उद्योग र ब्यापार’ भन्ने नाराका साथ २२ गतेबाट शुरु भएको महोत्सवको पा“चौं दिन तिन दिनका लागी गरिएको हेलिकप्टर अबलोकन आर्कषण बनेको थियो ।

आयोजकले महोत्सव अवधिभर जिल्लाका पर्यटकीय स्थलहरुको अवलोकन र प्रवर्धन गर्ने उद्देश्यले हेलिकप्टरको व्यवस्था गरेको हो ।