
काठमाडौँ, १ असार । पर्साका १० जना र रौतहटका १ जना गरी थप ११ जनामा कोरोना पुष्टि भएको छ ।
उनीहरुमध्ये ३ जना स्वास्थ्यकर्मी रहेका छन् । जिल्लामा आइतबार पनि ५ जना स्वास्थ्यकर्मीसहित २७ जनामा कोरोना संक्रमण देखिएको थियो । नारायणी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुको कोरोना पोजेटिभ आएको हो ।
उनीहरु भारतबाट आएर क्वारेन्टिनमा बसेका उनीहरुको जेठ २६ गते स्वाब संकलन गरिएको थियो ।
संक्रमितहरु २६ वर्षदेखि ५६ वर्ष समूहका रहेका छन् ।
पर्साका १० जना संक्रमितमध्ये विन्दवासनी गाउँपालिकाको १ महिला र ८ जना पुरूष रहका छन भने टेर्वासुगौली गाउँपालिकाको वडा नम्बर २ का १ जना रहेका छन् । यससँगै पर्सामा संक्रमितको संख्या १ सय ५३ जना पुगेको छ ।
रौतहटका संक्रमित ३० वर्षीय पुरुष रहेका छन् ।















प्रतिक्रिया