
काठमाडौँ, १ असार । मलेसियाबाट समस्यामा परेका नेपालीलाई भोलिदेखि फर्काइने भएको छ ।
त्यहाँ अलपत्र परेका नेपाली कामदारलाई असार २, ४, ६ र ७ गते फर्काउन लागिएको हो । उनीहरुलाई क्वालालाम्पुरदेखि काठमाडौँसम्म चार्टर्ड उडान ल्याइने भएको हो ।
उनीहरुलाई नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सबाट ल्याउन लागिएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ । दुतावासका अनुसार ३ हजार १ सय ७५ जना नेपाली मलेसियाबाट नेपाल आउँदैछन् ।
दुतावासले ४५ हजार १ सय रुपैयाँ एकतर्फी भाडा तोकेको छ ।















प्रतिक्रिया