
काठमाडौं, १ असार । ओमानमा समस्यामा रहेका १६६ जना नेपाली ओमानको सलाम एयरबाट काठमाडौं उत्रिँदैछन् ।
।
सो विमान दिउँसो साढे १ बजे काठमाडौं आईपुग्नेछ । यो विमानमा फर्किन यात्रुले ३६ हजार रुपैयाँ भाडा तिरेका छन् ।
ओमानस्थित राजदूतावासको समन्वयमा नेपाली फर्कन लागेका हुन् ।
फर्किनेहरुको पिसीआर नेगेटिभ आएको रिपोर्ट छ । उनीहरुलाई क्वारेन्टाइनमा राखिने छ । दूतावासले १८० जना नेपाली फर्किने गरी दोस्रो उडान असार ४ गते तय गरेको छ ।
विमानमा एक जना नेपालीको शव पनि ल्याइनेछ ।











प्रतिक्रिया