७ मंसिर २०८३, सोमबार

आरोप लगाए जस्तो गफ हानेको होइन : प्रधानमन्त्री

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र स्वच्छता कायम यही सरकारले गर्ने बताएका छन् ।

उनले ढुक्क रहन आग्रह गर्दै आइतबारदेखि सुरु भएको बैकल्पिक सिकाइ प्रविधिबारे सम्बोधन गर्दै भनेका छन्,‘अहिले आरोप लगाए जस्तो गफ हानेको होइन, अब आन्दोलन गर्नु पर्दैन ।’

मुलुक विग्रँदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको देशको सरकार कर्तव्यबाट चुक्दैछ कि ? आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलकमा दोहोरिने हो कि ? भन्ने प्रश्न सुनेको बताएका उनले भने,‘जति लड्ने हो यो पुस्ता लड्छ । मुलक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरु यस मुलकको भाग्यमानी पुस्ता बन्छ भन्ने तपाईँका अभिभावकहरुको भनाइ झुटा सवित हुँदैन ।’