
काठमाडौं, १ असार । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ८४ दिनदेखि जारी राखेको लक डाउन सोमबारदेखि निक्कै खुकुलो पारेको छ ।
सेवा प्रदायक कार्यालय, सवारी साधनलगायतलाई पनि खुला गरिएको छ । सरकारको निर्णयअनुसार लक डाउनलाई दशैंसम्म पूरा खुलाउने गरीको दोस्रो चरणमा अधिक खुकुलो गरिएको हो ।
के–के खुल्दैछन् ?
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सबै सरकारी कार्यालयहरू खुल्दैछन् । सबै कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने छ । पहिलो चरणमा बिहान ८ बजेदेखि १ बजेसम्म र दोस्रो चरणमा १ बजदेखि साँझ ६ बजेसम्म कार्यालय खुला रहेनछ । कार्यालयमा कार्यरत कुल कर्मचारीको आधा कर्मचारी पहिलो सिफ्टमा र बाँकी आधा कर्मचारी अर्को सिफ्टमा सेवा प्रवाह गर्ने गरी व्यवस्था गरिएको छ । सर्वसाधारणलाई सहज र छिटो सेवा प्रवाह गर्न सरकारले एकै दिन दुई सिफ्टमा सेवा प्रवाह गर्न लागेको हो । उद्योग, कलकारखाना र निजी कार्यालय पनि खुल्दैछन् ।
सार्वजनिक सवारी साधन बाहेकका निजी सवारी साधन चल्न दिने तर त्यस्ता सवारी साधन एउटा जिल्लाबाट अर्काे जिल्लामा भने जान नपाइने गरी सञ्चालन गर्न दिने निर्णय पनि सरकारले गरेको छ । त्यस्ता चारपाङ्ग्रे निजी सावरी साधनमा चालक र अन्य २ जना मात्रले सवार गर्न पाउनेछन् भने दुई पाङ्ग्रे सवारी साधनमा चालक एक जना मात्र चढ्न पाउने छन् । जोर–बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी कार्यालयका सवारी साधन श्रमिकको आवागमनका लागि सञ्चालन गरिएको हो । गाडीमा सवार सबैले मास्कसँगै सबै स्वास्थ्य सुरक्षाका मापदण्ड उपयोग गर्नुपर्नेछ ।
स्वास्थ्य, किराना तथा दैनिक उपभोग्य सामग्रीरसेवा स्वास्थ्य सेवासँग सम्बन्धी सबै सेवा र निजी क्लिनिक पनि आजदेखि पूरै खुला हुनेछन् । यसअघि पनि मेडिकलहरू खुलै हुने गर्थे । औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अण्डा, मासु, खानेपानीको उत्पादन, बिक्रीवितरण तथा ढुवानी, पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरणसम्बन्धी सेवा खुलै रहनेछन् ।
फोहोरमैला व्यवस्थापन विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सम्बन्धी सेवा, बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य कृषि बीउबिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डार सम्बन्धी सेवा तथा काम खुला रहनेछन् ।
उत्पादनशील उद्योग र अन्य निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय विकास आयोजना (निजी क्षेत्रबाट संचालित समेत) निर्माण कार्य (निजी समेत) नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्रीवितरण खुला हुनेछन् । क्वारेन्टिनका लागि तोकिएका होटल बिजुलीका सामान बिक्री र मर्मत, विद्युतीय उपकरण, मेशीनरी र सवारी साधनको मर्मत गर्ने वर्कसप पुस्तक पसल तथा स्टेशनरी सबैप्रकारका ढुवानी सेवा खुल्नेछन् । अत्यावश्यक सेवाका सबै कार्यालय रेष्टुरेन्ट – रेष्टुरेन्ट खान ल्याउन सेवा लिन सकिन्छ। प्याकिङ खाना परिवारसँग खान सकिन्छ र खाना संकलन गर्न सकिन्छ तर रेष्टुरेन्टमा बसेर खान पाइँदैन ।











प्रतिक्रिया