
काठमाडौं, १ असार । जोर बिजोर प्रणाली अन्तर्गत सवारी साधन चलाउन पाउने नियम मोटरसाइकलका लागि पनि लागू गरिएको छ ।
गृह मन्त्रालयले ट्राफिक प्रहरी महाशाखालाई पत्र लेख्दै मोटरसाइकल र स्कुटरमा पनि सोही नियम लागू गर्नका लागि भनेको थियो ।
एक जना मात्र सवार रहने अनुमति पाएको दुई पाङ्ग्रे सवारी साधन पनि जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिजोर नम्बर चलाउने अनुमति पाइनेछ ।











प्रतिक्रिया