७ मंसिर २०८३, सोमबार

एसपी राठौरको यो तस्बिरभित्र लुकेको मर्म

15.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्बिर सौजन्य : थाहाखबर ।

काठमाडौं, १ असार । दुई दिन अघि माइतीघरमा सरकारविरोधी आन्दोलनको शंखघोष हुनै लागेको थियो । सरकार विरोधी प्लेकार्ड बोकेर, नाराबाजी गर्ने हुलहुज्जत भेला भइसकेको थियो ।

आन्दोलनलाई निषेधित क्षेत्रभित्रै राख्नका लागि सरकारका तर्फबाट प्रहरी परिचालित भए, त्यसका कमाण्डर थिए– महानगरीय प्रहरी परिसरका प्रहरी उपरिक्षक (एसपी) सोमेन्द्रसिंह राठौर !

प्रहरी अधिकारीहरूमा कर्मशील नाम बोकेका राठौरले सोही आन्दोलनमा सलामी दिएको एउटा तस्बिर अहिले विविध ठाउँमा चियो चर्चोको विषय बनेको छ । कोही भन्छन्– आन्दोलनकारीले धुन बजाउनासाथ राठौरले सलामी अर्पण गरे ।

सरकारका सिपाहीका रुपमा उभिएका राठौरको सलामी आन्दोलनकारीको पक्षमा थियो त ? यसलाई विरोधाभाष हिसाबले चर्चा गर्ने कोशीश गरियो । तर, यसको मर्म भने अर्कै छ ।

जब आन्दोलनकारीले नारा जुलुस र प्रदर्शन गर्नुअघि माइतिघर मण्डलामा राष्ट्र गान ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ गीत बजाए, राठौरले यो सलामी अर्पण गरे ।

आन्दोलनमा सहभागी कतिपयमा राष्ट्र गानको मर्म र सम्मान गर्ने हिम्मत थिएन जहाँ सोही प्रदर्शनको सुरक्षा कमाण्डरले सलामी अर्पण गरेपछि अन्यले पनि सम्मानमा सलामी दिए । ‘यो देशको राष्ट्र गीतप्रतिको सम्मान थियो, हर कोहीले उदाहरणका रुपमा यसलाई बुझ्न सक्नुर्छ’, अधिकारीहरू भन्छन् ।

राष्ट्र गीत बज्दा प्रदर्शनकारीले सरकारविरोधी नारा लगाइरहेका थिए । उनीहरू मध्ये धेरैमा केहीले मात्र गीतको मर्मलाई स्वीकारेको प्रष्ट देखिन्थ्यो ।

‘प्रहरीको काम आन्दोलनकारीले कुनै हिंसात्मक घटना नगरुन्, आन्दोलनमा कुनै अप्रियता नहोस् भन्नका लागि हो’, अधिकारीहरू भन्छन्,‘तर जिम्मेवारीता र देशप्रतिको सम्मानसँग राष्ट्र सेवक कसरी पर हुन सक्छ । यो आन्दोलनको होइन, राष्ट्र प्रेमका लागि दिइएको स्यालुट थियो ।’

माइतिघरमा सामान्यतया यस्तो दृश्य कसैले देखेको थिएन । न त आन्दोलनकारीको तर्फबाट यसरी राष्ट्रगीत बझ्ने गर्दथ्यो । बरु, आन्दोलनकारी आक्रामक हिसाबमा सुरुमा नै देखिने र प्रहरीले हस्तक्षेप गर्नुपर्ने अवस्था हुन्थ्यो ।

सहभागी मध्यका अर्जुन आचार्य भन्छन्,‘प्रहरी भनेपछि जे गरे पनि आन्दोलन दबाउनका लागि मात्र आएको जस्तो लाग्थ्यो, यो देखेपछि नेपालका राष्ट्र सेवकको इमान्दारीताले मलाई कायल बनायो ।’