२ कार्तिक २०८३, सोमबार

रसियामा कोरोना नियन्त्रणकाे कार्य अमेरिकामा भन्दा राम्रो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्काे, १ असार । रसियाका राष्ट्रपति भ्लादमिर पुटिनले आइतबार रसियाको कोरोना भाइरस रोकथाम र व्यवस्थापन अमेरिकाको भन्दा धेरै राम्रो भएको बताएका छन् ।

उनले कोरोनाबाट रसियामा कम क्षति भएको र देश त्यसबाट निस्कने क्रममा रहेको बताउँदै कोरोनाको लडाइँ अमेरिकालाई आन्तरिक राजनीतिले बाधा गरेको बताए। रसिया हाल अमेरिका र ब्राजिलपछि तेश्रो धेरै कोरोना संक्रमित भएको मुलुक हो ।

कोरोनाका कारण रसियामा हालसम्म ६ हजार ९ सय ४८ जनाको मृत्यु भएको छ। यो संख्या अमेरिकासहित अन्य मुलुकको दाँजोमा कम हो। अमेरिकामा हालसम्म कोरोनाबाट १ लाख १५ हजार बढी मानिसको मृत्यु भइसकेको छ । रूसको कोरोनासम्बन्धी तथ्यांकमा धेरैले शंका व्यक्त गर्ने गरेका छन्।

‘हामी यसमा सहज किसिमले काम गरिरहेका छौं र कम क्षतिसहित उम्कने क्रममा छौं। तर अमेरिकामा यस्तो भइरहेको छैन’, राज्य नियन्त्रित टेलिभिजनसँग पुटिनले भने।

रसियाको राजनीतिक व्यवस्थाले संकटलाई अमेरिकी समकक्षीभन्दा राम्रो गरी व्यवस्थापन गरेको उनको दाबी छ। उनले रसियाले संघीय एवं क्षेत्रिय स्तरमा एकजुट भएर काम गरेको र अमेरिकामा जस्तो मतभिन्नता नरहेको बताए ।