काठमाडाैं, १ असार । सरकारको निर्णय अनुसार आजदेखि सबै सरकारी कार्यालय खुल्दै छन् । दुई सिफ्टमा आजदेखि सबै सरकारी कार्यालयमार्फत सेवा दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।
सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म एउटा सिफ्ट र दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म अर्को सिफ्टमा खुल्नेछ । कर्मचारीलाई कार्यालयकै गाडीमा ओहोरदोहोर गर्ने व्यवस्था मिलाईएको छ र निजी साधन हुनेले आफ्नै गाडी प्रयोग गर्न पनि सक्नेछन् ।
सरकारी कार्यालयमा भिडभाड नहोस् भन्नका लागि दुई सिफ्टमार्फत सेवा दिने तयारी सरकारले गरेको हो । कार्यालय जाने कर्मचारीलाई स्वास्थ्य सुरक्षा अपनाउन अनिवार्य गरिएको छ । कर्मचारीले अनिवार्य मास्क लगाउनु पर्ने छ भने स्यानिटाईजरको पनि व्यवस्था गरिएको छ ।











प्रतिक्रिया