धनगढी, १ असार । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकास्थित शहीद स्मृति माविको क्वारेन्टाइनमा बसेकी महिलालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
क्वारेन्टाइनमा स्वयंसेवकका रूपमा बसेका तीन जनाले महिलालाई बलात्कार गरेकाे अभियाेगमा आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।
क्वारेन्टाइनमा बसेकी महिलाले शनिबार राति तीनजनाले बलात्कार गरेको प्रहरीमा जाहेरी दिएकी थिइन् ।
ती महिलाकाे जाहेरीका आधारमा लम्कीका सर्जन विक, लक्ष्मण परियार र किशोर परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टले जानकारी दिए ।
पक्राउ परेका तीन जना स्वयंसेवकका रूपमा क्वारेन्टाइन व्यवस्थापनमा खटिएका थिए । उनीहरूले दैनिक भत्ता पाउने गरेका थिए ।











प्रतिक्रिया