२ कार्तिक २०८३, सोमबार

बेइजिङकाे होलसेल बजार कोरोनाकाे संक्रमण

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, ३२ जेठ । चीनकाे बेइजिङमा रहेकाे होलसेल बजारका ४५ जना मानिसमा कोरोना भाइरस संक्रमण प्रमाणित भएपछि उसले आफूलाई युद्धकालीन समयमा राखेको जनाएकाे छ ।

योसँगै राजधानीले शनिबार सम्पूर्ण पर्यटकीय र खेल गतिविधिमाथि प्रतिबन्ध लगाएको छ । संक्रमित फेला परेसँगै त्यहाँ कोरोना भाइरसको नयाँ चरण सुरू भएको आशंका हुन थालेको छ ।

सहरको दक्षिण पश्चिम क्षेत्र फेङ्टाइ जिल्लाको सिङ्फाडी बजारका ५ सय १७ जनामा गरिएको स्वाब परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको त्यहाँका जिल्ला अधिकारीले बताएका छन् । उनीहरू कसैमा पनि कोरोनाको लक्षण देखिएको छैन ।

संक्रमण प्रमाणित भएसँगै एसियाकै ठूलो होलसेल कृषि बजार ठानिएको सो क्षेत्रलाई चौबिसै घण्टा सुरक्षाकर्मीको उपस्थिति रहनेगरी लकडाउन गरिएको छ ।