४ कार्तिक २०८३, बुधबार

डडेल्धुरामा २४ र कञ्चनपुरमा २१ सहित सुदूरपश्चिममा थप ६४ मा कोरोना

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ जेठ । सुदूरपश्चिममा थप ६४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

शनिबार पशु रोग अन्वेषण प्रयोगशाला धनगढीमा भएको परीक्षणमा गत २४ घण्टामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २ सय ७६ जनाको नमुना परीक्षण गरिएकोमा उनीहरुको पोजेटिभ आएको हो ।

थपिएका संक्रमित सबैभन्दा बढी डडेल्धुरामा २४ जना रहेका छन् ।

त्यस्तै, कैलालीको विभिन्न स्थानमा ११ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी, कञ्चनपुरका ५ स्थानीय तहमा २१ जनामा कोरोना देखिएको हो ।

त्यस्तै, डोटी जिल्लामा ३ जना संक्रमित थपिएका छन् । र बझाङमा ३ जना कोरोना संक्रमित बढेका हुन् ।