४ कार्तिक २०८३, बुधबार

कोरोनाका कारण थप २ को मृत्यु, मृतकको संख्या १८ पुग्यो

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ जेठ । नेपालमा थप २ जना कोरोनोभाइरस संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणले १८ जनाको मृत्यु भएको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्साका एक पुरुष र बाराका एक बालकको कोरोनाकै कारण मृत्यु भएको शनिबार पुष्टि गरेको हो ।

प्रवक्ता गौतमका अनुसार पर्साको वीरगज्जका २५ वर्षीय पुरुषको व्यवहारिसे शवको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो ।

जेठ २८ गते शव भेटिएपछि उनको स्वाब परीक्षण नारायणी अस्पतालमा गरिएको थियो । शुक्रबार उनको स्वाबको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए ।

त्यसैगरी बाराको निजगढ नगरपालिका–६ का एक पाँच वर्षीय बालककको समेत कोरोनाकै कारण मृत्यु भएको छ ।

उच्च ज्वरोका कारण जेठ ३० गते वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना भएका बालकको स्वाब संकलन गरेर नारायणी अस्पतालमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । कोरोना पोजिटिभ रिपोर्ट नआउँदै उनको निधन भइसकेको प्रवक्ता गौतमले जानकारी दिए ।