
काठमाडौँ, ३१ जेठ । नेपालमा गत २४ घण्टामा थप २ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् ।
देशका विभिन्न जिल्लाका प्रयोशालामा गरिएको परीक्षणमा थप २ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
प्रवक्ता गौतमका अनुसार २४७ पुरुष र ३६ जनामा महिलामा संक्रमण देखिएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ जना पुगेको छ ।















प्रतिक्रिया