४ कार्तिक २०८३, बुधबार

रोल्पामा थपिए १७ जना कोरोना संक्रमित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ जेठ । रोल्पामा थप १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै जिल्लामा संक्रमितको संख्या ३५ जना पुगेको हो । शनिबार भेरी अस्पताल, बाँकेमा गरिएको परीक्षणमा १७ जना कोरोना संक्रमित थपिएका हुन् ।

नयाँ संक्रमितहरु रोल्पा नगरपालिका, सुनिलस्मृति गाउँपालिका, पूर्वी रोल्पाको सुनिलस्मृति र खुंग्रीका रहेका छन् ।

संक्रमितहरुलाई लिवाङस्थित जलजला बहुमुखी क्याम्पसको आइसोलेसनमा राखिएको छ ।

उनीहरु भारतबाट आएका हुन् । हाल रोल्पामा १ हजार ५ सय मानिस क्वारेन्टिनमा रहेका छन् ।