४ कार्तिक २०८३, बुधबार

कांग्रेस र कम्युनिष्टले माफी माग्नुपर्छ : उपेन्द्र यादव

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ जेठ । समाजवादी पार्टीका नेता उपेन्द्र यादवले महाकाली सन्धी गरेको विषयमा कांग्रेस र कम्युनिष्टले माफी माग्नुपर्ने बताएका छन् ।

शनिबार संविधान संशोधन प्रस्तावमाथिको दफाबार छलफलमा सहभागी हुँदै उनले राष्ट्रियताको विषयमा मधेसीलाई ‘धोती’ भनेर गाली गर्ने कांग्रेस र कम्युनिष्ट पार्टीका नेताले माफी माग्नुपर्ने बताएका हुन् ।

उनले सुगौली सन्धि भन्दा पछाडि हटेर महाकाली सन्धि भएको भन्दै उनले कांग्रेस र कम्युनिस्टले राष्ट्रियताको विषयमा माफी माग्नुपर्ने बताएका हुन् ।

‘१८१६ मा पास भएको सुगौली सन्धि भन्दा पछाडि हटेर १९९६ मा महाकाली सन्धि गर्ने कम्युनिस्ट र कांग्रेस नेताले आज माफी माग्नुपर्छ’, नेता यादवले भने, ‘सुगौली सन्धिले काली नदीलाई सीमाना मानेको छ । नदीको समग्र भागलाई सीमा नदी मानिएको छ । महाकाली सन्धिले यसलाई पछाडि धकेलेको छ । मधेसीलाई ‘धोती’ भनेर गाली गर्ने कांग्रेस र कम्युनिष्टले यत्तिबेला माफी माग्नुपर्छ ।’

उनले आन्तरिक राष्ट्रियतालाई दह्रो बनाउन आग्रहसमेत गरेका छन् । उनले संसदमा नक्सामा समेटिएको चुच्चो किन गायब भयो ? कसको पालामा भयो ? त्यो खोज्नुपर्ने आवाज उठाए ।

उनले संविधान संशोधन प्रस्ताव संसदमा आइसकेपछि प्रमाण खोज्न विज्ञ समूह गठन हुनु उल्टो यात्रा भएको भन्दै आपत्ति जनाए ।

‘हाम्रो पार्टी र संसदीय दलले संविधान संशोधन विधेयकको प्रस्तावलाई सर्वसम्मतले पारित गर्ने निर्णय गरेको छ’, यादवले भने, ‘राष्ट्रियताको सवालमा हामी एक ठाउँमा छौँ । नीतिगत कुरामा छलफल होला । तर देशभक्ति र राष्ट्रवाद दह्रो’, उनले भने, ‘बहुमतले मात्र होइन सर्वसम्मतले पारित गर्ने र यहाँलाई सहयोग गर्ने निर्णय गरेका छौँ ।’

उनले चीन तथा भारत दुवै देशसँगको सम्बन्धमा सन्तुलन आवश्यक रहेको पनि यादवले बताए ।