
काठमाडौँ, ३१ जेठ । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रमा फिर्ता लिन लागेको बताएका छन् ।
शनिबार प्रतिनिधसभाको बैठकमा बोल्दै उनले गुमेको भूमि फिर्ता ल्याउन संविधान संशोधन हुनु नेपालको लागि राष्ट्रिय स्वाधिनताको विषय भएको बताए ।
त्यसैगरी, उनले भने, ’सदनमा आउँदै गर्दा मेरो स्टाप साथीले भन्नुभयो । कोही कोहिले भनेका छन् रे लौ पार्टीहरुले त देश बचाउन सक्ने भएनन् । अब फेरि सामन्तहरु नै आउन गर्यो भनेर प्याले कार्ड बोकेका छन् अरे भनेर सुनानु भयो मलाई । त्यसैले मेले सुरुमै भने राजतन्त्रीले गुमाएको जमिन गणतन्त्रले फिर्ता ल्याउँदै छ खबदार ?’
नेपाली जनतालाई भ्रमित गर्ने कही कतैबाट कुप्रयास नगर्न प्रचण्डले चेतावनी दिए । उनले भने, ’आजको २१ औँ शताब्दीमा ठूलो आन्दोलनबाट खारिएर आएको जनता कसैको भ्रमको पछि लाग्ने छैन ।’
उनले भने, ’आउने दिनमा पनि ठूलो बलिदानबाट प्राप्त गरेको संघीय लोकतान्त्रकि गणतन्त्रको रक्षा गर्न एकताको विश्वास गर्दछु । नेपालको राष्टिय स्वाधिनतालाई, भौगोलिक र बैदेशिक हस्तक्षपबाट मुक्त रहनु नेपाली जनताले सुम्पिएको जिम्मेवारी थियो। आज हामी ऐतिहासिक चुनौतिको सामना गर्न नेपालको भौगोलिक अखण्डताको स्वाधिन आइपुगेका छौँ ।’
प्रतिनिधिसभामा भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रलाई समेटेर जारी गरेको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयकको दफावार छलफलका क्रममा भइरहेको छ ।















प्रतिक्रिया