
काठमाडौँ, ३१ जेठ । प्रमुख प्रतिपक्षी पार्टीका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको संविधान संशोधन विधेयकमा पूर्ण समर्थन रहेको बताएका छन् ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको अद्यावधिक नक्सा संविधानको निशान छापमा राख्न गरिएको संविधान संशोधन विधेयकमा कांग्रेसको पूर्ण समर्थन रहेको उनले बताएका हुन् ।
‘संविधान संशोधनमा पूर्ण समर्थन छ,’ उनले भने, ‘भूमि फिर्ता ल्याउन विपक्षी दलको हैसियतले सहयोग रहन्छ ।’
त्यस्तै, संसदमा छोटो सम्बोधन गर्दै काली नदी पूर्व नेपाली भूमि रहेको देउवाले बताए । उनले सबै दल एक ठाउँमा उभिनुलाई राष्ट्रिय हितका लागि राम्रो हुने पनि बताए ।















प्रतिक्रिया