
काठमाडौँ, ३० जेठ । कुवेतबाट आममाफी परेर शु्क्रबार नेपाल फर्किएकाहरुलाई भक्तपुरको खरिपाटीस्थ्ति क्वारेन्टिनमा राखिएको छ ।
कुवेतबाट आएका २ महिलामा कोरोनाको आशंका भएपछि ९ जना बालबालिकासहित १ सय ४९ जनालाई खरिपाटीको क्वारेन्टिनमा राखिएको हो ।
त्रिभुवन विमानस्थलमा ज्वरो नाप्दा उनीहरुमा तापक्रम बढी पाइएपछि क्वारेन्टिनमा राखिएको हो ।
उनीहरुलाई होल्डिंग सेन्टरमा राखेर सम्बन्धित प्रदेश पठाउने तयारी गरिएको हो । यद्यपि २ जनाको आजै स्वाब परीक्षणका लागि पठाइएको छ ।
कुवेत सरकारले आममाफी दिएर १४० जना महिला, २ जना २ वर्ष मुनिका बालबालिका र १२ वर्ष मुनिका ७ जना गरी कुवेत सरकारले निःशुल्क नेपाल ल्याइदिएको हो ।















प्रतिक्रिया