
काठमाडौँ, ३० जेठ । पर्सामा क्वारेन्टिनबाट भागेका ४४ जनालाई फिर्ता ल्याइएको छ ।
पीसीआर रिपोर्ट आउन ढिलो आएको भन्दै धोबिनी गाँउपालिका–४ लगंडीस्थित कालीप्रसाद लाखे माध्यमिक विद्यालयको क्वारेन्टिनबाट बिहीबार राति भागेका थिए ।
फरार भएका ४४ जनाको सूची बनाउने बित्तिकै प्रहरीले खोजी सुरु गरेको थियो । उनीहरुलाई भेट्न प्रहरीले निकै मेहनत गर्नु परेको थियो ।
फरार भएका २२ जनालाई बिहीबार राती नै ल्याइएको र बाँकी २२ जनालाई शुक्रबार फिर्ता ल्याइएको प्रहरीले जनाएका छन् ।
उनीहरुमध्ये ४१ ज्नाको जेठ २५ गते नै स्वाब संकलन गरि नारायणी अस्पतालमा परीक्षणका लागि पठाइएको छ ।
भागेकामध्ये ३० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।















प्रतिक्रिया