४ कार्तिक २०८३, बुधबार

शुक्रबार कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० जेठ । गत २४ घण्टामा नेपालमा थप ४४८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

जसमध्ये २४ जना महिला रहेका छन् भने ४२४ जना पुरुष रहेका छन् । यससँगै नेपालमा संक्रमितको संख्या ५ हजास ६२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जोगश्वर गौतमले जानकारी दिएका छन् । त्यस्तै हालसम्म १६ जनाको मृत्यु भइसकेको छ ।

मोरङका २ र झापाका ७ जनाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको छ । त्यस्तै, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा महोत्तरीका १० जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका १७ जना, उदयपुरका ३ जना र सिराहाका ११ जनामा कोरोना देखिएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा चितवनका १० जना संक्रमित देखिएका छन् भने पाटन अस्पतालको प्रयोगशालामा धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्तपालमै गरिएको परीक्षणमा इलामका १, झापाका ६ र सुनसरीका १० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

पर्वतका १३, स्याङ्जाका २२ जना, नवलपरासी पूर्वका १ जना तनहुँका १ जनाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तैगरी, भेरी अस्पातलको प्रयोगशालामा बर्दियाका १५ जना र बाँकेका १ जनामा कोरोना संक्रमण भेटिएको छ ।

काठमाडौँस्थित टेकु अस्पतालको प्रयोगशालामा नवलपरासी पूर्वका ४ जना र मोरङका १ जना र धादिङका २७ जनामा कोरोना संक्रमण देखिएको छ ।

धनुषाका १४ जना, महोत्तरीका ६ जना, सर्लाहीका ३ जनामा कोरोना देखिएको छ । उनीहरुको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको हो ।

धुलिखेल अस्पतालको प्रयोगशालामा कपिलवस्तुका ४ जना र सर्लाहीका ४ जनामा कोरोना भेटिएको छ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ८ जना संक्रमित भेटिएका छन् ।

सुर्खेतको प्रयोगशालामा दैलेखका ३८ जना र सुर्खेतका ४५ जना कोरोना संक्रमित भेटिएका छन् ।

त्यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २, गुल्मीका १, पाल्पाका १, प्यूठानका १, रुपन्देहीका १६ र नवलपरासी पश्चिमका २ जना संक्रमित पाइएका छन् ।

टेकुमा बाराका १ जना, धादिङका १ जना,धनुषाका १, नुवाकोटका १ जना, रौतहटका ८६ जना, काठमाडौंका १ जना र सर्लाहीका ५० जना कोरोना संक्रमित पुष्टि भएका छन् ।

त्यस्तै, ७७ मध्ये ७२ जिल्लामा संक्रमण फैलिसकेको प्रवक्ता गौतमले जनाए ।