४ कार्तिक २०८३, बुधबार

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, शुक्रबार ४४८ जनामा संक्रमण

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० जेठ । नेपालमा एकै दिनमा थप ४ सय ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा यो अहिलेसम्मकै सर्वाधिक संख्यामा संक्रमण भेटिएको हो ।

यससँगै कोरोना संक्रमितको संख्या ५ हजार ६२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मलेनमार्फत जानकारी दिएका छन् ।

उनका अनुसार ८ सय ७७ जना निको भएर डिस्चार्ज भएका छन् । शुक्रबार विभिन्न जिल्लाका प्रयोगशालामा गरिएको परीक्षणमा यति धेरै संख्यामा संक्रमितहरु भेटिएका हुन् ।