४ कार्तिक २०८३, बुधबार

युवाहरुको सक्रियतामा खेलमैदान निर्माण शुरु

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–वि वि श्रेष्ठ
तनहुँ, २९ जेठ । व्यास नगरपालिकाको वडा नं ५, को चापाघाटको भुपु टोलमा युवाहरुको सक्रियतामा खेलमैदान निर्माण कार्य शुरु भएको छ ।

युवाहरुको व्यक्तित्व विकास र खेलकुदमा लाग्नका लागी आफनै सक्रियतामा खेलकुद मैदान निर्माण गर्न लागिएको निर्माण समितीको अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिए ।

युवाहरुको क्षमता र वृद्धि विकासका लागी खेलकुद अनिवार्य हो, त्यसैका लागी हामीले हाम्रै सक्रियतामा खेलकुद मैदान निर्माण गर्न लागिपरेका हौ ।

करिव १ विघा जग्गामा खेलकुद मैदान वनाईने स्थानमा फुटवल, वास्केटवल र हालका लागी पार्क निर्माण गर्ने उद्येश्यका साथ मैदान सम्माउने काम शुरु गरिएको हो । अहिले हामीले पहिलो चरणको काम मैदानलाई सम्म्याउने, पुर्ने, खन्ने र फराकिलो पार्ने काम शुरु गरेका छौ ।

यो खेलकुद मैदान निर्माण भएपछि खेलप्रेमीहरुका लागी सहज वातावरण वन्नेछ, विभिन्न खेलहरु यहि खेलमैदानमा खेल्न सकिन्छ, अध्यक्ष गोविन्द श्रेष्ठले भने ।

मानसिक र शारिरिक रुपमा सवल हुनका लागी पनि खेलकुद महत्वपुर्ण पक्ष हो । खेलकुदले स्वास्थ्य रहनका लागी महत्वपुर्ण भुमिका खेल्दछ, यसका लागी वडाले सक्दो सहयोग र सहजीकरण गर्दछ, व्यास नगरपालिका वडा नं ५ का वडाध्यक्ष मोहन कुमार श्रेष्ठले भने ।

गुरुयोजनका साथ खेलकुद मैदान वनेपछि वडाभित्र मात्र नभई जिल्लालाई नै खेलकुद मैदानका लागी यो स्थान महत्वपुर्ण हिस्सा वन्न सक्दछ, यसका लागी सक्रिय सहभागिता जनाउने युवाहरुको काम अति नै समाजका लागी सकारात्मक कदम हो, वडाध्यक्ष श्रेष्ठले भने ।

हाल आफनै सक्रियता र लगानीमा खेलमैदान निर्माणका लागी भोलिका दिनमा सवैको साथ र सहयोग मिल्ने निर्माण समितीको सचिव भुवन कुमार श्रेष्ठले वताए ।

समाजिक महत्वको विषय र खेल क्षेत्र सँग सम्वन्धित विषयमा सवैको साथ र सहयोगले नै पुर्णता दिन सकिने हुने सक्दो सहयोगका लागी सचिव श्रेष्ठले अपिल गरे ।