
काठमाडौँ, २९ जेठ । अर्घाखाँचीको क्वारेन्टाइनमा मृत्यु भएका एक पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
मालारानी गाउँपालिका ४ निवासी ५७ वर्षीय मृतक पुरुषमा कोरोना पुष्टि भएको छ । उनको शव घर लगिएको थियो ।
ति पुरुषको बुटवलबाट उपचार गरेर फर्कने क्रममा वुधबार बिहान ११ बजे बाटोमै मृत्यु भएको थियो
उनी जेठ १५ गते भारतबाट आएका थिए । भारतबाट आएपछि उनलाई गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।
मंगलबार उनको श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि अर्घाखाँची अस्पताल पुर्याइएको थियो ।
उनको बुटवलबाट उपचार गरेर फर्कने क्रममा उनको बाटैमा मृत्यु भएको हो । यससँगै नेपालमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ ।















प्रतिक्रिया