काठमाडौँ, २९ फागुन । बाराकी सात वर्षीया बालिका पूजा साहको बलात्कारका कारण मृत्यु भएको घटनाको विरोधमा अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वमा बानेश्वर क्याम्पसका विद्यार्थीले आज प्रदर्शन गरेका छन् ।
शिक्षक, कर्मचारी, विद्यार्थीसहित क्याम्पसबाट निस्किएको जुलुस शान्तिनगर द्वार, मीनभवन हुँदै नयाँबानेश्वरस्थित संविधानसभा भवननजिकै पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभाका वक्ताले बारालगायतका देशका विभिन्न भागमा बलात्कारका घटना बढ्दै गए पनि सरकारले सुरक्षाको वातावरण बनाउन नसकेको भन्दै आक्रोश पोखेका थिए ।
दोेषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्तिको माग राख्दै प्रदर्शन आयोजना गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य डिबी साउँदले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया