४ कार्तिक २०८३, बुधबार

बिहीबार कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ जेठ । बिहीबार नेपालमा थप २५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २० महिलासहित २३० पुरुषमा बिहीबार कोरोना संक्रमण देखिएको हो ।

नयाँ संक्रमितहरु सुनसरी ३ जना रहेका छन् । उनीहरुको प्रादेशिक जनस्वास्थय कार्यालयमा परीक्षण गरिएको थियो । त्यस्तै, नारायणी अस्पतालमा गरिएको परीक्षणमा रौतहटका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौँडाको प्रयोगशालामा गरिएको परीक्षणमा बारा र धादिङका सात सात जना गरी १४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका २, रौतहटका १५, महत्तरीका ४ जनामा समेत संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ९, कोशी अस्पताल विराटनगरमा झापाका ३ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा दाङका ८ जनामा संक्रमण पाइएको छ ।

भेरी अस्पतालको प्रयोशालामा गरिएको परीक्षणमा रोल्लाका १४ नजाका साथै बाँकेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ४८ र सुर्खेतका ७ जना कोरोना संक्रमित देखिएका छन् ।

यस्तैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका १, प्युठानका ४ र रुपन्देहीका २९ जना संक्रमित पाइएको मन्त्रालयले जनाएको छ ।

सेती अस्पतालको प्रयोगशालामा कैलालीका ७, बाजुराका १८, बझाङका २ जनामा संक्रमण पाइएको छ। धुलिखेल अस्पतालको प्रयोगशालामा नवलपरासी पश्चिमका ६ जनामा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रौतहटका ३९ जनाका साथै कपिलवस्तुका १ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म १ लाख १५ हजार ९ सय ३० जनाको आरटीपिसिआर परीक्षण गरिएको छ । बिहीबार मात्रै ५ हजार १ सय ९४ जनामा कोरोना संक्रमण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

बिहीबार थपिएकासहित नेपालमा संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए । नेपालमा हालसम्म ८ सय ६१ जना उपचारपछि निको भएका छन् ।

हालसम्म नेपालमा ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ भने १५ जनाको मृत्यु भएको छ ।