
काठमाडौँ, २९ जेठ । नेपालमा बिहीबार थप १ सय ८७ जना कोरोनामुक्त भएका छन् ।
निको हुनेमा ८ महिला र १ सय ७९ पुरुष रहेका छन् । यससँगै निको हुनेको संख्या ८ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै, थप २ सय ५० जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ हजार ६ सय २२ जना पुगेको छ ।
मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७५ हजार १४३ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख १५ हजार ९३० परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६२ हजार १३ जना रहेका छन् ।
त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ३ हजार ७३८ जना रहेका छन् ।
हालसम्म कोरोनाका कारण नेपालमा १५ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया