४ कार्तिक २०८३, बुधबार

बिहीबार थप २५० जनामा कोरोना, संक्रमितको संख्या ४ हजार ६२२ पुग्यो

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ जेठ । बिहीबार थप २ सय ५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ सय ५० जना नयाँ संक्रमित थपिएका हुन् । जसमा २३० जना पुरुष र २० जना महिला रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

यससँगै नेपालमा कोरोनाभाइरसको संक्रमितको संख्या ४ हजार ६ सय २२ जना पुगेको छ । त्यस्तै, ७७ जिल्लामध्ये ७२ जिल्लामा संक्रमण फैलिसकेको छ ।

त्यसैगरी, ८ सय ६१ जना संक्रमित कोरोनामुक्त भएका छन् ।