४ कार्तिक २०८३, बुधबार

रौतहटमा थप ५७ जनामा देखियो कोरोना, संक्रमितको संख्या ५ सय ३१ जना

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ जेठ । रौतहटमा थप ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लामा वुधबार र बिहीबार २ दिनमा थप १ सय १० जनामा संक्रमण पुष्टि भएको हो ।

विभिन्न नगरपालिकाको क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण देखिएको हो ।

यससँगै रौतहटमा संक्रमितको संख्या ५ सय ३१ जना पुगेको छ । जसमध्ये १ सय २ जना निको भएका छन् ।

थपिएका संक्रमितहरु परोहा नगरपालिकाका ४९ जना, राजपुरमा ४ जना, कटहरियामा १ र गढीमाईमा २ जनामा कोरोना पुष्टि भएको हो ।