४ कार्तिक २०८३, बुधबार

रोल्पाका १४ र बाँकेका १३ गरी थप २७ जनामा कोरोना पुष्टि

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ जेठ । रोल्पामा थप १४ र बाँकेमा १३ गरी २७ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

उनीहरुको भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ४ का ८ जना, ७ का १ जना र ८ का ५ जना गरी १४ जना संक्रमित भेटिएका हुन् ।

त्यस्तै, बाँकेको कोहलपुर नगरपालिका–२ मा एक, खजुरा गाउँपालिकामा २, राप्ती सोनारी गाउँपालिकामा–६, बैजनाथ गाउँपालिकामा ४ जना संक्रमित थपिएका छन् ।