२ कार्तिक २०८३, सोमबार

इंग्लिस प्रिमियर लिग क्लबका एकजनामा कोरोनाको संक्रमण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २९ जेठ । इंग्लिस प्रिमियर लिग क्लबका खेलाडी तथा पदाधिकारीले पछिल्लो पटक भएको परीक्षणमा एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लोपटक १२ सय १३ जनाको परीक्षण भएकोमा एकजनाको रिपोर्ट पोजेटिभ आएको हो । हरेक हप्ता दुईपटक परीक्षण हुँदै आएको छ । सातौँपटकको परीक्षण जुन ८ र ९ मा भएको थियो ।

अहिलेसम्म सात चरण गरेर सात हजार ४८७ नमूना परीक्षण भएको छ । त्यसमध्ये १४ वटा नमूनाको रिपोर्ट पोजेटिभ आएको छ ।

कोरोना भाइरसको महामारीका कारण प्रिमियर लिगका खेलहरु गएको मार्च १३ देखि रोकिएका छन्।

ती खेलहरु जुन १७ अर्थात आउँदो आइतबारदेखि सुरु हुँदै छन् । सो दिन एस्टन भिल्लाले शेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटीले आर्सनलसँग प्रतिस्पर्धा गर्ने छन् ।