४ कार्तिक २०८३, बुधबार

सरिता गिरीले संशोधन प्रस्ताव फिर्ता नलिए पार्टीले कारवाही गर्ने निर्देशन

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ जेठ । समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारको संविधान संशोधन विधेयकविरुद्ध दर्ता संशोधन प्रस्ताव दर्ता गराएकी छन् ।

गिरीले सरकारले निशान छापमा नयाँ नक्सा राख्ने विषयमा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन दर्ता गराएको प्रस्ताव फिर्ता लिन समाजवादी पार्टीले उनलाई निर्देशन गरेको छ ।

पार्टीका अनुसार गिरीले दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको छ ।