
काठमाडौँ, २८ जेठ । रौतहटमा वुधबार थप ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
रौतहट प्रदेश २ को सबैभन्दा धेरै संक्रमित भेटिने जिल्लामा पर्दछ ।
विभिन्न अस्पतालको रिपोर्टअनुसार जिल्लाका थप ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
वुधबारको ईशनाथमा १४ जना, जुद्ध मावि गौरमा १७ जना, राजपुरमा १४ जना, देवाही गोनाही टिकुलियामा ६ र कटहरिया नगरपालिका मावि भसेढवामा २ जना गरी ५३ जनामा संक्रमण देखिएको हो ।
यससँगै रौतहटमा कोरोना संक्रमितको संख्या ४ सय ८६ जना पुगेको छ ।
जिल्लाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी संक्रमित हुनेमा ईशनाथ नगरपालिका रहेको छ । जहाँ वुधबारसम्ममा १ सय ३५ जना कोरोना संक्रमित भेटिएका छन् ।















प्रतिक्रिया