
काठमाडौँ, २८ जेठ । कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना पुष्टि भएको छ ।
वुधबार यससँगै प्रदेशमा संक्रमितको संख्या ७ सय ८ जना पुगेको छ । बुधबार सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७ जनामा संक्रमण देखिएको हो ।
कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार वुधबार संक्रमण पुष्टि हुनेहरुमा दैलेखका २५, सुर्खेतका ९ र जाजरकोटका ३ जना रहेको जानकारी दिएका छन् ।
कर्णाली प्रदेशमा हालसम्म संक्रमण पुष्टि भएकामध्ये २९ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।















प्रतिक्रिया