
काठमाडौँ, २८ जेठ । प्युठानमा थप ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितहरुमध्ये ५ जना माण्डवी गाउँपालिका ५ रम्दी र एक जना ऐरावती गाउँपालिका वडा नम्वर १ का रहेका छन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा माण्डवीका ५ जनाको कोरोना पोजेटिभ आएको हो । उनीहरु सबै जना भारतबाट आएका हुन् ।
यससँगै जिल्लामा संक्रमितको संख्या १८ जना पुगेको छ । प्युठान थप ३ सय ४५ जनाको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।















प्रतिक्रिया