
रौतहट, २८ जेठ । कोरोनाले भन्दा कुरा काट्ने र छिछि दुरदर गर्नैका कारण आफु मानसिक तनावमा पारेको नेकपाका युवा नेता तथा व्यवसायी अमित कुमार श्रेष्ठले गुनासो गरे ।
केहीदिन पहिला काठमाडौँ जानका लागि आरडीटी परिक्षण गर्न पुगेका श्रेष्ठलाई कारोना लाग्यो भन्ने हल्लासँगै समाजको छिछि र दुरदुरले आफुलाई पिडा दिएको श्रेष्ठको भनाइ रहेको छ ।
कोरोना नै लागेको भएपनि आफूले कोेरोेनासँग लडने क्षमता राखेको भएपनि गाउँले र समाजको कुराले आफुलाई थप पिडा दिएको उनले सुनाए । समाज र मान्छेको कुराले तनावमा परेका श्रेष्ठले स्थानीय एक होटललाई क्वारेन्टिन बनाएर बसेका थिए ।
आरडिटि परिक्षण गर्न जाँदा कोरोना लाग्यो भनेर हल्ला फैलेपछि उनले होटललाई क्वारेन्टिन बनाएर स्वाब परिक्षण गराएका थिय । दुवै परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि श्रेष्ठ मंगलबार होटल छाडेर घर गएका छन् ।
हल्ला गर्ने हैन कसैलाई कोरोना लागेपनि हौसल्ला दिनुपर्नेमा गाउँ समाजले गलत प्रचार गरेर आफुलाई मानसिक तानव दिएको श्रष्ठको भनाइ रहेको छ ।
कोरोनाको हल्लासँगै श्रेष्ठसँग नजिक रहेकाहरुलाई समेत मानसिक तनाव दिने काम भएको उनका सहयोगीहरुले गुनासो गरे । आफुले होटललाई क्वारेन्टिन बनाएर बस्दा आफूलाई हौसल्ला प्रदान गर्ने सबैमा श्रेष्ठले आभार व्यक्त गरेका छन् ।
काठमाडौँ जानका लागि आफूले परिक्षण गर्न गएर फर्कन साथ चन्द्रनिगाहपुर क्षेत्रमा असनलाइ कोरोना लाग्यो भन्दै भुसको आगो झैँ हल्ला फैलेको थियो ।















प्रतिक्रिया