७ मंसिर २०८३, सोमबार

असह्य भएपछि न्युरोडका व्यापारी सडक आन्दोलनमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । खोलेका पसल प्रहरीले बन्द गराउन थालेपछि आक्रोशमा उत्रिएका न्युरोड क्षेत्रका व्यापारी, व्यावसायी सडक आन्दोलनमा उत्रिएका छन् ।

एकतर्फी रुपमा बिहान ११ बजेसम्म पसल खोल्न थालेका व्यापारीका पसल प्रहरीले मंगलबारदेखि बन्द गराउन थालेका थिए । लक डाउनका विषयमा सरकारले ठोस निर्णय लिन नसकेपछि व्यापारी सडक आन्दोलनमा उत्रिएका हुन् ।

प्लेकार्डसहित उनीहरूले सरकारको बिरोध गरेका छन् । हाम्रो चुल्हो बाल्ने वातावरण बनाइदे सरकार, रहरले होइन, बाध्यताले आएका हौंलगायतका नारा लगाएका छन् ।

बुधबार पनि पसल खोल्ने क्रम सुरु गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले आफू व्यापार व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । सरकारलाई तालाचाबी बुझाउने अवस्थामा पुगेको बताएका उनले लक डाउनको मोडालिटी परिवर्तन गरी सहज अवस्था नबनाए तालाचाबी बुझाइने चेतावनी दिए ।