
काठमाडौं, २८ जेठ । कोरोना नियन्त्रणलगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउन नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललगायत बुधबार बालुवाटार जाने भएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणलगायतका विषयमा प्रधानमन्त्री ओलीलाई सरकारी निवासमा भेटेर ध्यान आकृष्ट गराउने नेपाली कांग्रेसले जनाएको छ ।
महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउनका लागि कांग्रेसले प्रधानमन्त्रीको ध्यान आकर्षण गराउनेछ ।











प्रतिक्रिया